Tuesday, October 19, 2010

GEETत

                                                   
 बझाङ  आउनु  होला 

कहिले काही फुर्सत मिलाई बझाङ घुम्न आउनु होला
तेतै पर्छ मेरो गाउ आउन नबिर्सनु होला
कराइली र सानी गाड्का माछा खान आउनु होला
मिठा मिठा बाट गर्दै माया गास्दै जानु होला
खप्तड बाबा तेतै बस्छन दर्शन गर्न सँगइ जाउला
दुई चार घण्टा पैदाल हिनी सँगइ फेरी बुङल आउँला
सेती नदी तेतै बग्छिन मुल खोज्न सँगइ जाउला
अपी साइपाल ठुला हिमाल सँगइ हामी चड्न जाउला
कहिले काही फुर्सत मिलाई बझाङ घुम्न आउनु होला
दुई चार घण्टा पैदाल हिनी बुङल हेर्न आउनु होला
बाह्र देउ का थाना ज्याबन हिमालको काखैमा छ
सयों जातका जटीबुटी यार्सागुम्बा तेसैमा छ
तल बग्छ सेती नदी माथि हिमालचुली
तेसैले त आउनु भन्छु कसैलाई नि नभुली
तेसैले त आउनु भन्छु कसैलाई नि नभुली
........

No comments:

Post a Comment