Friday, October 22, 2010

FROM BAJHANGI JANTAA

भोउतिक तथा प्राकिर्तिक सम्पदाको धनी हो यो जिल्ला भन्दा दुईमत नहोला,उत्तरतिर सेता हिमाल लहरै लगेर हासेको यो जिल्लाले उत्तरपशिममा
दार्चुला,दछिणपशिममा बैतडी अनी दक्षिण र पूर्वमा डोटी र बाजुरासँग पनि मितेरी गासेको साच्चै रमणिय छ|टुरिष्टहरुका लागि पनि प्रमुख रहेको यो
जिल्ला प्रचार प्रसारको कमिले आफ्नो पहिचान देखाउनमा बाधा पुगेको छ|तेसैले गुनासो गर्छन् सर्बसाधारणहरु यहाँका जान्नेमान्ने अगुवहाँरु सँग|
अनेक कला र सस्किर्तिले सिँगारियको यो जिल्ला देउडा गीतको लागि धनी नै मान्नु पर्छ|सयोउँ किसिमका जटीबुटिले बनेको यहाँको हिमाली र पहाडी
भेगबाट यर्सागुम्बाcordycepsजस्तो जटिबुटी र अरु जटिबुटिहरु बर्सेनी अबैधानिक रुपमा ईन्डिया र चाइना जादैछ|एसमा नेपाल सरकारले खसै कुनै
चासो नलियको र यस्तै भैरहेमा कलान्तरमा गयर लोप हुन सक्छन भनेर सुनाउछन यहाँका स्थानियबासिहरु|साच्चै हो हरेक कुराको लागि धनी भयर
पनि सरकारले यो जिल्लालाई सोउतेनी आमाको ब्यबहार गरेकै छ|फलाम खानि,तामा खानि आदी,र प्रसस्त रोजगारिका बाटाहरु भयर पनि सरकारले  स्रोत र साधन जुटाउन नसक्दा आकाशको फल आँखा तरी मर भने जस्तै भयको छ|सुदुरपस्चिमलाई नै उज्यालो बनाउने छेमता भयको सेती नदी जिल्लाको मुटुबाटै बगेर जान्छ तर पनि बझाङबासिले टुकी बातो र सोलार बाल्नु पर्ने बाधेता छ|राजनीतिक पार्टिका नेताहरुले अनेक लोभ देखायर
चुनाव जितेपनी चुनावपछी शहरतिरै बङाला बनाइ उतैतिर सरेर जनतालाई बिर्सेंका तिता अनुभबहरु सुनाउछन यहाँका गरीबबासीहरु|

No comments:

Post a Comment